आजका तस्बिर- फागुन २८
आजका तस्बिर- फागुन २८
सत्यमोहन जोशी लोकसाहित्य संग्रहालय ।  वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको 'सत्यमोहन जोशी लोकसाहित्य संग्रहालय' को उद्घाटन गरिएको छ। लोक साहित्य परिषद्ले लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरेको उक्त भवनको आज उद्घाटन गरिएको हो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- फागुन २८
जनकपुरधामको शहीदद्वार उद्घाटन ।  जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोड रुपैयाँको लागतमा निर्माण गरिएको शहीदद्वारको उद्घाटन। धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना शहीदको अर्ध कदको शालिक राखिएको छ। तस्वीर: अजयकुमार साह/रासस
आजका तस्बिर- फागुन २८
लालीगुराँस फुलेपछि वनपाखा ढकमक्क ।  ताप्लेजुङको कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखा ढकमक्क। तस्वीर: दिलकुमार लिम्बू:रासस
आजका तस्बिर- फागुन २८
पुरिँदै जान थालेको ताल ।  शुक्लाफाँटा नगरपालिका- ८ स्थित मणिका धाम (मुडका) मा रहेको प्राकृतिक ताल। संरक्षणको अभावमा ताल परिँदै जान थालेको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- फागुन २८
ट्याक्टरले खेत जोत्दै किसान ।  चैते धान रोप्न ट्याक्टरले खेत जोत्दै झापा, कमल गाउँपालिका–५, मङ्गलबारेका किसान। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
प्रतिक्रिया दिनुहोस्