आजका तस्बिर- फागुन २७
आजका तस्बिर- फागुन २७
प्रधानमन्त्री देउवा - बज्रबाराही मन्दिर दर्शन ।  प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर दर्शन गर्दै। तस्वीर: रोशन सापकोटा, रासस
आजका तस्बिर- फागुन २७
झण्डा मेलामा बनाइएको बाघको प्रतीमा ।  मलङ्गवा नगरपालिका– २ स्थित झण्डा मेलामा बनाइएको झण्डासहित बाघको प्रतीमा। तराई मधेशमा दुःख कष्टबाट निवारण तथा आगलागीको घटना नहोस् भनेर झण्डा मेला लगाउने प्रचलन रहेको छ। तस्वीर:विश्वना ठाकुर/रासस
आजका तस्बिर- फागुन २७
ज्यामरुककोटको फापरखेत गाउँ ।  म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेत गाउँ। अग्र्यानिक खेती प्रणाली र परम्परागत जीवनशैली रहेको यो गाउँ जिल्लाको ऐतिहासिकस्थल खड्गभवानी कोतको पुछारमा रहेको छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- फागुन २७
सोह्र फिट अग्लो राष्ट्रिय झण्डा ।  तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा राखिएको १६ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा। नवआदर्श टोल विकास संस्थाले रकम सङ्कलन गरी झण्डा राखेको हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- फागुन २७
छलफल कार्यक्रममा निर्वाचन आयोगका प्रमुखलगायत ।  निर्वाचन आयोगद्वारा शुक्रबार आयोगको कार्यालयमा आयोजित स्थानीय तहको निर्वाचनसम्बन्धी राजनीतिक दलसँगको छलफल कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत विभिन्न दलका सहभागी प्रतिनिधि। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्