आजका तस्बिरहरू- फागुन २६
आजका तस्बिरहरू- फागुन २६
होली सुरू ।  काठमाडौंको वसन्तपुरस्थित हनुमानढोको दक्षिणतर्फ चीर ठड्याएपछि खुसी मनाउँदै स्थानीय बासिन्दा । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ। तस्वीरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- फागुन २६
रोपाइँ गर्दै गौरादहका किसान ।  झापाको गौरादहका किसान चैते धान रोप्दै। यहाँका किसान यतिबेला धान रोप्न व्यस्त छन्। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
आजका तस्बिरहरू- फागुन २६
हस्तकला सामग्री ।  भक्तपुरको तालाकोमा माटाबाट बनाइएका हस्तकला सामग्री बिक्रीका लागि प्रदर्शनीमा राख्दै महिला उद्यमी। यहाँ बिक्रीमा राखिएका हस्तकलाका सामग्री रु १०० देखि रु पाँच हजारसम्ममा खरिद गरेर स्वदेशी तथा विदेशीले लाने उद्यमी बताउँछन्। तस्बिरः लक्ष्मी गारु/रासस
आजका तस्बिरहरू- फागुन २६
चटपटेको व्यापार ।  तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट बिक्री गर्दै स्थानीयबासी। यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिरहरू- फागुन २६
पहिरो नियन्त्रण योजना ।  म्याग्दीको बेनी नगरपालिका–१ स्थित कमेरे पहिरो र कालीगण्डकीको कटान नियन्त्रणका लागि ग्याबियन पर्खाल निर्माण गर्दै मजदुर। बेनी नगरपालिकाको रु दश लाख अनुदानमा उपभोक्ता समितिले ९० थान ग्याबियन ढुङ्गा भरेर पर्खाल बनाउन लागेको हो। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्