जन्ती ढुंगामा टिकटक बनाउँदै । दाङको तुलसीपुर उपमहानगरपालिका– १३, स्थित जन्ती ढुंगामा टिकटक बनाउँदै गरेका एक युवक। हेरिरहुँ लाग्ने जन्ती ढुंगामा पछिल्लो समय टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ। तस्वीर: दीपक बोहरा/रासस
लालीगुराँस बिक्री गर्न बसेका बालक । कैलालीको चुरे गाउँपालिका–५ भासुभीर नजिक भीमदत्त राजमार्ग छेउमा लालीगुराँस बिक्री गर्न बसेका दुई बालक। तस्बिर: मीन ठकुरी/रासस
मझुवागढीबाट देखिएको दिक्तेल बजार । किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार। पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरू गरिएको छ। तस्बिर: केदार मगर/रासस
नुवाकोटको लामपाटी । नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्र परिसरमा रहेको लामपाटी (दरबार)। विसं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त लामपाटी (दरबार), नुवाकोट दरबारसहितका विभिन्न दश ऐतिहासिक तथा सांस्कृतिक संरचनाको चिनियाँ पक्षले पुनर्निर्माण गर्ने सम्झौता भए पनि कोरोनाको कारण देखाइ काम सुरू नै हुन सकेको छैन। तस्वीर:रामहरि न्यौपाने/रासस