आजका तस्बिरहरू- फागुन २४
आजका तस्बिरहरू- फागुन २४
बाध्यता ।  अन्तर्राष्ट्रिय महिला दिवसनै थाहा नपाएका महिला झापाको दोमुखास्थित कन्काई नदीमा बालुवा छान्दै। तस्बिर: विनोद सापकोटा/ सेतोपाटी
आजका तस्बिरहरू- फागुन २४
सेल्फी ।  भक्तपुरमा घुम्न आएका विदेशी पर्यटकहरू सेल्फीमा रमाउँदै। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- फागुन २४
शहीद स्तम्भ पार्क ।  खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको शहिद स्तम्भ पार्क। दस वर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको सम्झनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा प्रदेश सरकारको लगानीमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो। तस्बिरः केदार मगर/रासस
आजका तस्बिरहरू- फागुन २४
सानो मान्छे, सानै भारी ।  दोलखा जिल्लाको कालापानीबाट भारी बोकेर शैलुङ जाँदैतर्फ जाँदै एक बालक। तस्वीर: चन्द्रकला क्षेत्री,रासस
आजका तस्बिरहरू- फागुन २४
माछा मारेर फर्कंदै महिला ।  शुक्लाफाँटा नगरपालिका-१० झलारीका राना थारु समुदायका महिला माछा मारेर घरतर्फ फर्कंदै। स्थानीय खोला, तलाउ र नदीमा महिलाहरूले घरमै खानका लागि माछा मार्ने गरेका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु,रासस
प्रतिक्रिया दिनुहोस्