आजका तस्बिरहरू- फागुन २३
आजका तस्बिरहरू- फागुन २३
भालु नियन्त्रणमा ।  जिल्ला अस्पताल ताप्लेजुङबाट पाँच दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु। चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने सुई लगाई नियन्त्रणमा लिएको थियो। सोमबार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वास स्थानमा फर्काएको छ। तस्वीरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिरहरू- फागुन २३
गुराँस र पर्यटक ।  म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक। तस्वीर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिरहरू- फागुन २३
कुचो बनाउन अम्रिसो मुठा पार्दै महिला ।  झापाको विर्तामोडस्थित हेवन वार्टर पार्क नजिकै सुकाएको अम्रिसो कुचो बनाउन मुठा पार्दै महिला। पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट संकलित अम्रिसो झापा ल्याएर भारत लगायतका तेस्रो देशमा बर्सेनि निर्यात गर्ने गरिन्छ। तस्बिरः सुरेन्द्र भण्डारी/रासस
आजका तस्बिरहरू- फागुन २३
मूर्ति बनाउँदै प्रशिक्षार्थीहरू ।  स्वयम्भूस्थित बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा भइरहेको बुद्धको मूर्ति बनाउने तालिममा सहभागीहरू माटोबाट बुद्धको मूर्ति बनाउँदै। एक महिने तालिममा विभिन्न नौ जिल्लाका १५ जना युवा सहभागी छन्। तस्बिर: रत्न श्रेष्ठ, रासस
आजका तस्बिरहरू- फागुन २३
सडक किनारामा पाइप ।  बालाजु चोकमा सडक किनारामा खानेपानी तथा ढलको निर्माण कार्यमा प्रयोग गर्न राखिएको पाइप। तस्वीरः चन्द्रकला क्षेत्री,रासस
प्रतिक्रिया दिनुहोस्