आजका तस्बिर- फागुन २१
आजका तस्बिर- फागुन २१
फोटो सेसन ।  सपथ ग्रहणपछि फोटो खिचाउँदै नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरू। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- फागुन २१
सरसामान ढुवानीमा खच्चड प्रयोग ।  सिमकोटमा छिमेकी जिल्ला मुगुदेखि दैनिक उपभोग्य सामग्रीदेखि व्यवसायीहरूको अन्य सामग्री ढुवानीमा प्रयोग गर्दै खच्चड। यहाँ पैदलमार्गबाट भित्रिएको सरसामानको मूल्यमा कम पर्छ। तस्वीर: दाने बोहरा/रासस
आजका तस्बिर- फागुन २१
शैलुङमा आन्तरिक पर्यटकको घुइँचो ।  बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो। तस्वीर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- फागुन २१
ठूलोढुङ्गा ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ नेगीगाउँमा बस्तीमाथी रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)। यो ठूलो ढुङ्गा टुक्रिएर समय/समयमा नेगीगाउँ बस्तीमाथि झर्न थालेपछि ४७ घरधुरीलाई सुरक्षित बनाउन नेपाली सेनाको जबरजंग गण नुवाकोटले शनिबारदेखि ढुङ्गा हटाउन सुरू गरेको छ। तस्वीर: रामहरि न्यौपाने, रासस
आजका तस्बिर- फागुन २१
बागमती नदी सफाइ गरिँदै ।  चार सय ६० औं बागमती नदी सफाइअन्तर्गत आज शनिबार पशुपति क्षेत्र वरपर आर्यघाटदेखि रामघाटसम्म सरसफाइ गर्दै अभियानकर्मी। तस्वीर: प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्