पोखरामा भक्तपुरका पर्यटक । पोखरामा भक्तपुरका पर्यटक: भक्तपुरको दधिकोटबाट पोखरा घुम्न आएका आन्तरिक पर्यटक बिहीबार बिहान फेवातालमा। कोभिडका कारण पर्यटकीय सिजन सुरु भैसक्दा पोखरामा विदेशी पर्यटकको चहलपहल छैन। तर, आन्तरिक पर्यटकका कारण पर्यटन क्षेत्र चलायमान भएको छ। तस्बिर: सेतोपाटी
जलविहार । सेनाले नियन्त्रणमा लिएको ३८ वर्षपछि सर्वसाधारणका लागि खुलेको भक्तपुरको रानीपोखरीमा जलविहार गर्दै आन्तरिक पर्यटक। तस्बिरः निशा भण्डारी/सेतोपाटी
महिला केन्द्रीय सदस्य । राष्ट्रिय सभागृह अगाडि नेकपा माओवादी केन्द्रका महिला केन्द्रीय सदस्यहरू सामुहिक तस्बिर खिचाउँदै। तस्बिरः सन्जिब बगाले/सेतोपाटी
ग्याबिन लगाउँदै गाउँले । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीमा सडक फराकिलो बनाउनका लागि सडक छेउमा ग्याबिन लगाउँदै गाउँले। तस्वीर: ध्रुबसागर शर्मा, रासस
जंगलबाट घाँस ल्याउँदै महिला । तनहुँको भिमाद नगरपालिका–९ रिठाभञ्ज्याङका महिला गाईवस्तुलाई खुवाउन जङ्गलबाट घाँस लिएर घरतर्फ आउँदै। तस्बिर: कृष्ण न्यौपाने/रासस