आजका तस्बिर- फागुन १९
आजका तस्बिर- फागुन १९
परेवालाई चारो ।  काठमाडौंको बौद्ध क्षेत्रमा शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार मनाउने क्रममा परेवामा चारो दिँदै एक बालक| तस्विर :नबिनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर- फागुन १९
टिकटकको चिह्न राख्दै मजदूर ।  गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित देउराली डाडाँमा निर्माणाधीन बौद्ध स्तुपको तस्वीर खिच्ने ठाउँअन्तर्गत टिकटकको चिह्न राख्दै मजदूर। २१८० मिटर उचाइमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। तस्वीर: हुमाकान्त पोखरेल/रासस
आजका तस्बिर- फागुन १९
टीकापुर र बर्दियाको शान्ति बजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती ।  कैलालीको टीकापुर र बर्दियाको शान्ति बजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै सर्वसाधारण। डुङ्गाको माध्यमबाट दैनिक सयौं सर्वसाधारण नदी वारपार गर्छन्। यस ठाउँमा पक्कीपुल निर्माणका लागि धेरै प्रयास भए पनि अझै निर्माण कार्य अघि बढ्न सकेको छैन। तस्बिरः झलनाथ खनाल/रासस
आजका तस्बिर- फागुन १९
गहुँबाली ।  जाजरकोटको बारेकोट गाउँपालिका –४ मैनागाउँमा आकाशे पानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक। तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्