आजका तस्बिरहरू- फागुन १८
आजका तस्बिरहरू- फागुन १८
नेपाली ब्रान्ड ।  काठमाडौंको नक्सालमा घरेलु प्रविधिद्वारा निर्मित ऊनको डल्लो सुकाउँदै एक मजदुर। यो ऊनको डल्लो अमेरिका, युरोपलगायतका मुलुकमा निर्यात गरिन्छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- फागुन १८
विरोध निरन्तर ।  बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरहरू- फागुन १८
जोखिमपूर्ण यात्रा ।  भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरूण नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्दै। सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन्। तस्वीरः सुजन बज्राचार्य/रासस
आजका तस्बिरहरू- फागुन १८
डोको बेच्दै ज्येष्ठ नागरिक ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा डोको बेच्न बसेका ज्येष्ठ नागरिक। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिरहरू- फागुन १८
न्यातपोल मन्दिर ।  विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुरको न्यातपोल (पाँच तल्ले) मन्दिर। तस्वीर: चन्द्रकला क्षेत्री/रासस
प्रतिक्रिया दिनुहोस्