आजका तस्बिरहरू- फागुन १०
आजका तस्बिरहरू- फागुन १०
पिम्बहालमा हाँस ।  ७०० वर्ष पुरानो पिम्बहाल पोखरीमा चारो खान लागेको हाँस। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- फागुन १०
खाजा ।  पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनले दिएको बिस्कुट खाँदै बाँदर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- फागुन १०
शुभकामना दिँदै मन्त्री आले ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले मंगलबार पशुपतिमा आयोजना गरेको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै। तस्बिर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिरहरू- फागुन १०
लामीडाँडा विमानस्थल ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्र गरिएको जिल्लाको सबभन्दा पुरानो लामीडाँडा विमानस्थल। रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा पर्ने उक्त विमानस्थल कच्ची हुँदा नियमित उडान भए पनि कालोपत्र गरिएपछि बन्द भएको छ। तस्वीर: केदार मगर, रासस
आजका तस्बिरहरू- फागुन १०
सडक कालोपत्रे गर्दै मजदूर ।  सप्तरीको राजविराजस्थित कल्टुपोखरीको पश्चिम पटिको सडकमा कालोपत्रे गर्दै मजदूर। तस्वीर: अरुणकुमार यादव, रासस
प्रतिक्रिया दिनुहोस्