साइकल यात्राका क्रममा बेगनास, रूपालगायत ताल कैद गर्दै राजदूत । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा पोखरा–३१, बेगनास फेरोमा साइकल यात्रा गर्ने क्रममा बेगनास, रूपालगायत ताल कैद गर्दै बेलायती राजदूत निकोला पोलिट। उनले बेगनास फेरोमा करिब १० किलोमिटर साइकल यात्रा गरिन्। तस्बिरः जमुनावर्षा शर्मा/रासस
थाक्रोमा मकै भण्डारण । म्याग्दीको बेनी नगरपालिका–९, ढोलथानामा थाक्रोमा भण्डारण गरेर राखिएको मकै। ग्रामीण क्षेत्रमा थाक्रोमा मकै भण्डारण गरेर राख्ने चलन छ। तस्वीर: सन्तोष गौतम/रासस
कालीगण्डकीको कटान रोक्न तटबन्धको काम हुँदै । म्याग्दीको बेनी नगरपालिका–८, कालिपुल बजार क्षेत्रलाई कालीगण्डकी नदीको कटानबाट जोगाउन नदी किनारमा पक्की आरसिसी पर्खाल निर्माणको काम गर्दै मजदूर। तस्वीर: ध्रुवसागर शर्मा/रासस
नाच प्रदर्शन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा सोमबार आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा स्थानीय भाषामा आधारित नाच देखाउँदै कर्णाली प्रदेशका महिला। तस्वीर: विमलबहादुर विष्ट, रासस