आजका तस्बिर- फागुन ४
आजका तस्बिर- फागुन ४
झडप ।  एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन ४
गाेठलापानी बजार ।  बैतडी सदरमुकाम दशरथचन्द नगरपालिकास्थित गोठलापानी बजार क्षेत्र र पृष्ठभूमिमा हिमालको सुन्दर दृश्य। तस्बिर: विनोद सिंह विष्ट,रासस
आजका तस्बिर- फागुन ४
सकियो एक महिने माधवनारायण मेला ।  पौष शुक्ल पूर्णिमादेखि सुरू भएको एक महिने माधवनारायण मेला सकिएको छ। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि आज बिहान सकिएको हो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- फागुन ४
तोरीबाली ।  बागलुङको तमानखोला गाउँपालिका-३ स्थित तमान गाउँमा फुलेको तोरीबाली। तस्बिर: रामबहादुर थापा/ रासस
आजका तस्बिर- फागुन ४
अन्नपूर्ण केबलकारबाट देखिएको फेवातालको दृश्य ।  पोखरा महानगरपालिका–१८ को सेदीदेखि सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबलकार’बाट देखिएको फेवातालको दृश्य। यही फागुन ६ गतेदेखि केबलकारको व्यावसायिक सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। तस्वीर: कृष्ण दवाडी/रासस
प्रतिक्रिया दिनुहोस्