एमालेनिकट युवा संघले बनायो सडकलाई नै संसद! । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सांकेतिक बैठक गरेर सभामुखको गतिविधिको संघले विरोध प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सुकाइएको नेपाली हातेकागज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-६, कोठेबारी गाउँमा सुकाएर राखिएको नेपाली हातेकागज। हातेकागज नेपालका विभिन्न जिल्लालगायत जापानमा समेत निर्यात हुँदै आएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
मठमन्दिर परिक्रमा गर्दै भक्तजन । एक महिने माधव नारायण व्रतका क्रममा व्रत बस्ने भक्तजन भक्तपुरको दरबार क्षेत्रको मठमन्दिर परिक्रमा गर्दै। पुरूष व्रतालुले छ्वहर्ष धारा कलश शिरमा राखी मंगलबार नगरपरिक्रमा गरेका छन्। माधवनारायणको एक महिने व्रत भोलि बुधबार सम्पन्न हुनेछ। तस्बिर: रत्न श्रेष्ठ/रासस
कान्ति बाल अस्पतालमा दीप प्रज्वलन । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा मंगलबार कान्ति बाल अस्पताल महाराजगञ्जमा गरिएको क्यान्सरको लोगो अंकित दीप प्रज्वलन। तस्बिरः रत्न श्रेष्ठ, रासस
राडी बन्दै वृद्धा । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-६, कोठेबारी गाउँका वृद्धा भेंडाको ऊनबाट राडी तयार गर्दै। यहाँ राडी प्रतिगोटा दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्ममा खरिद बिक्री हुर्दै आएको छ। तस्बिर: दिलकुमार,रासस