तमान गाउँ । बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँ। तस्वीर: रामबहादुर थापा, रासस
के अड्केछ! । ललितपुरको झम्सीखेल सडकबीचमा रहेको खानेपानी वितरण गर्ने भल्बमा रहेको माटो निकालेर पानी छोड्ने प्रयास गर्दै कर्मचारीहरू। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
मनमोहक बराह ताल । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल। ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ। तालको संरक्षण र प्रवर्द्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ । तस्वीर:खेमराज गौतम, रासस
बुर्तिबाङ बजार । पश्चिम बागलुङको केन्द्र ढोरपाटन नगरपालिकाको मुकामस्थित बुर्तिबाङ बजार। तस्बिरः तारानाथ आचार्य/रासस
तेमालमा डम्फूपार्क । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं ५, साइबाडाँडामा निर्माण गरेको तामाङ समुदायको सांस्कृतिक बाजा डम्फूपार्क। सांस्कृतिक पर्यटन प्रवर्द्धनको लागि गाउँपालिकाको करिब रु ३५ लाखमा सो पार्क निर्माण गरेको हो। तस्बिरः पेमा लामा/रासस