मनास्लु हिमाल र घलेगाउँको दृश्य: । मौसममा सुधार आएसँगै शनिबार बिहान क्व्होलासोथर गाउँपालिका–३, घलेगाउँ डाडाँबाट देखिएको मनास्लु हिमाल र पर्यटकीय घलेगाउँ। यस घलेगाउँबाट एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ। तस्वीर:जनक श्रेष्ठ/रासस
बनेपाको तीन धारा जीर्णोद्धार । काभ्रेपलाञ्चोकको प्रमुख सहर बनेपा नगरमा रहेको तीन धारा (ऐतिहासिक ढुङ्गेधारा) को जीर्णोद्धार गरिँदै। तस्वीर: राजकुमार पराजुली/रासस
आज अन्तिम दिन । पनौतीको १२ वर्षे मकर मेलाको आज अन्तिम दिनमा भक्तजनहरूको घुइँचो। तस्बिर: निशा भण्डारी