दौंतरीका गफ । भक्तपुरको नेवारी बस्तीबीच एक पाटीमा घाम तापेर गफ गर्दै दुई दौंतरी महिला। यतिबेला उपत्यकाको मौसम घमाइलो छ। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
२० दिनपछि भेटियो हराएको मूर्ति । चोरिएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै। गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
चुलो बनाउँदै महिला । शुक्लाफाँटा नगरपालिका– ३ का महिला परम्परागत माटाका खाना पकाउने चुलो बनाउँदै। विवाह, भोजभतेर र घरायसी प्रयोगजनका लागि परम्परागत माटाका चुलोको प्रयोग हुने गरेको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
बन्दीहरूले बनाएका मुडा । झापाको भद्रपुरस्थित जिल्ला कारागारका बन्दीहरूले तयार गरेका मुडा काठमाडौंसहितका बजारमा बिक्रीका लागि गाडीमा लैजाँदै। तस्वीर: यज्ञराज आङदेम्बे, रासस