बन्दीपुरबाट देखिएको हिमाल । तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमाल। मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमाल देखिन्छन्। तस्वीर कृष्ण न्यौपाने,रासस
खोई पानी? । हिउँदे बालीलाई पानीको आवश्यकता परेको समयमा झापाको कन्काई सिँचाईँ आयोजनाको सुख्खा नहर। गहुँ, मकै, तोरी, फापर र बर्खे धानका लागि ब्याड राख्ने बेलामा नहरको हेडबक्स मर्मत भन्दै आयोजनाले पानी बन्द गरेको हो। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
भातखाने डाँडा । बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडा। गाउँपालिका बनेपछि यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेको छ। तस्बिर: रामबहादुर थापा/ रासस
पानीको जोहो गर्दै महिला । घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै। उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन्। तस्वीर: रञ्जिता अधिकारी/रासस
मोहना नदीमाथि बनाइएको काठेपुल । धनगढी उपमहानगरपालिका– ३ बडहरास्थित मोहना नदीमाथि बनाइएको काठेपुल। तस्बिर: तिलकराज ओझा/रासस