आजका तस्बिर- माघ २०
आजका तस्बिर- माघ २०
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल ।  गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल। खानेपानी मन्त्री उमाकान्त चौधरीले स्थलगत अवलोकन भ्रमणपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई योजनाको पुनःनिर्माण गरी यसै वर्षभित्र काठमाडौंमा पानी पठाउन निर्देशन दिएपछि धमाधम काम भइरहेको छ। तस्बिरः कृष्ण अधिकारी/रासस
आजका तस्बिर- माघ २०
निर्माण नसकिँदै भासिन थाल्यो पुल ।  निर्माण नसकिँदै भासिन थालेको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३, पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन पुलको दबेको भाग देखाउँदै स्थानीयवासी । तीन दिनअघि ढलान भएको पुलको दायाँ र बायाँ भाग दबेर भासिन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ २०
बैतडीमा हिमपात ।  बैतडीको कठपते क्षेत्रमा बिहीबार परेको हिमपात। हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ। तस्बिर: विनोद सिंह विष्ट,रासस
आजका तस्बिर- माघ २०
म्याराथन प्रतियोगिताबारे जानकारी ।  नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा हुने म्याराथन (रन फर फन) प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- माघ २०
पुस्तकालय ।  बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा रहेको सनातन धर्म माविको पुस्तकालय। दोगडाकेदार गाउँपालिकाको सहयोगमा उक्त पुस्तकालय स्थापना गरिएको हो। तस्वीर:विनोदसिंह विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्