सम्झौता पत्रमा हस्ताक्षरपछि आदानप्रदान । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार आयोजित हस्ताक्षर कार्यक्रममा दार्चुला (नेपाल) र धार्चुला (भारत)को महाकाली नदीमा पुल निर्माणका सम्झौता पत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायत। तस्वीर:चन्द्रकला क्षेत्री, रासस
बिक्रीका लागि राखिएको सरस्वतीको मूर्ति । सुनसरी सदरमुकाम इनरुवा–२ मा बिक्रीका लागि राखिएको सरस्वतीको मूर्ति। तस्वीर: अजितकुमार झा, रासस
सिगानामा लगाइएको सुन्तलाको बिरूवा । बागलुङ नगरपालिका–८, सिगानाका किसानले लगाएको सुन्तलाका बिरूवा र ढकमक्क फुलेको तोरीबाली। सिगानामा एक वर्षमा दुई करोडभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ। तस्वीरः खेमराज गौतम/रासस
प्याजका बेर्ना बेच्दै जेष्ठ नागरिक । बुढेसकालमा घर खर्च चलाउनका लागि अरूको भर नपरेर आफैं प्याजका बेर्ना तयार गरी कञ्चनपुरको झलारी बजारमा बेच्दै आएका जेष्ठ नागरिक। तीन वर्षदेखि यी जेष्ठ नागरिकले बजारको सडक छेउमा बसेर प्याजलगायत मौसम अनुसारका तरकारीका बेर्ना बेच्ने गरेका छन्। तस्वीर:राजेन्द्रप्रसाद पनेरु, रासस
सडक पर्खाल लगाउँदै कामदार । साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डको मात्तिममा स्तरोन्नति गर्न पर्खाल लगाउँदै कामदार। प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय १ नं प्रदेश अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको ३२ करोड ३६ लाख रुपैयाँ लगानी रहेको उक्त सडकको २८ किलोमिटरखण्ड स्तरोन्नति थालिएको हो। तस्वीर: केदार मगर, रासस