लापरवाहीको नमूनाः । मापदण्डविपरित जथाभावी नदी दोहन गर्दा झापाको कनकाई नदीको पुल थाम्ने पिल्लर नै जमिन बाहिर देखिन थालेको छ। पुल आसपासबाट निर्माण सामग्री उत्खनन् गर्दा १८ फिट गहिराइको पिल्लरमध्ये ९ फिट त जमिन माथि नै देखिन थालेको छ। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
घुमाउने घर । स्याङ्जाको वालिङ–५, पित्लेकस्थित पित्लेक अर्गानिक फर्ममा परम्परागत झल्को दिने गरी निर्माण गरिएको घुमाउने घर। घरबास सञ्चालनमा रहेको उक्त ठाउँमा आउने पाहुनालाई स्वागत तथा आवासका लागि प्रयोग गरिएको छ। तस्बिर: तोलाकान्त बगाले/रासस
कुमाले माटोका भाँडा निर्माण गर्दै । शुक्लाफाँटा नगरपालिका– १२ कालागौंडीमा कुमाले माटोका भाँडा बनाउँदै। माटोका भाँडा बनाएर बिक्री गरी कुमालेका तीन परिवारको खर्च धानिँदै आएको छ। तीन पुस्तादेखि भारतीय कुमालेले यहाँ माटोका भाँडा बनाउँदै आएका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

दस वर्षअघि निर्माण थालिएको पुल अझै सम्पन्न नहुँदा यात्रुलाई सास्ती । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिका जोड्ने तमोर नदीस्थित लुबुघाटमा झोलुङ्गेपुलबाट मोटरसाइकलमा यात्रा गर्दै नागरिक। लुबुघाटमा १० वर्ष अघि निर्माण गर्न थालिएको पुलको काम पूरा नहुँदा स्थानीयबासीले सास्ती व्यहोर्दै आएका छन्। तस्बिर:रवीन्द्र काफ्ले/रासस