आजका तस्बिरहरू- माघ १३
आजका तस्बिरहरू- माघ १३
गन्तब्य ।  ललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- माघ १३
घुम्न जाऔं म्याग्दीको रत्नेचौर ।  म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । तस्बिर सन्तोष गौतम/रासस
आजका तस्बिरहरू- माघ १३
कलात्मक प्रवेशद्वारा निर्माण हुँदै ।  महोत्तरी जिल्लाको मुख्य भन्सार (जलेश्वर भन्सार) नजिकै नेपाल-भारत सीमा नाकामा नेपालतर्फ कलात्मक प्रवेशद्वार निर्माण हुँदै। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिरहरू- माघ १३
यसरी तयारी हुँदैछ दशरथ रंगशाला ।  आगामी शनिबार हुने नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालामा तयारी तीव्र पारिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी शनिबार र मंगलबार हुने दुवै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिरहरू- माघ १३
मौसम खुलेपछिको विमानस्थलको धावनमार्ग ।  हिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट विमानस्थलको धाउनमार्ग। तस्वीर: दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्