सिँढीमार्गमा मूर्ति । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
ग्राहकको खोजी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिक्री गर्नका लागि डोको, डालाको भारी बोकेर हिँडेका एक व्यापारी। तस्वीर: कमल खत्री/रासस
पोखरी । साकेला गाउँपालिका–३ खिमिमास्थित मुन्धुम ट्रेल (पदमार्ग) प्रवेशस्थलमा निर्माण गरिएको वाबु (चिण्डो) पोखरी। तस्वीर: केदार मगर, रासस