आजका तस्बिर माघ ६
आजका तस्बिर माघ ६
खदी (पटुकी) बुन्दै ।  नुवाकोटको विदुर नगरपालिका-१ सिमुटारस्थित विस्थापित बस्तीमा बसोबास गर्दै आएकी दावाकार्तो तामाङ खदी (पटुकी) बुन्दै। रसुवा हाकु निवासी उनीसहित त्यस क्षेत्रका ११० परिवार विसं २०७२ वैशाख १२ को भूकम्पले विस्थापित भएसँगै नुवाकोट आएका हुन्। तस्वीर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर माघ ६
आन्दोलन ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई रोक्दै प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर माघ ६
परम्परागत मौरीपालन ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ लुङ्गिनमा स्थानीय रामकुमार राईले आफ्नो घरमा परम्परात डुढमा गरेको मौरीपालन। तस्वीर: युवराज विष्ट/रासस
आजका तस्बिर माघ ६
दाउराको जोहो ।  लगातारको शीतलहरका कारण चिसो बढेसँगै कैलालीको खोटेना भुराखानी सामुदायिक वनबाट दाउरा बनाउन मुढा घर ल्याउँदै महिला। हिउँदको समयमा खाना पकाउन तथा आगो ताप्नका लागि स्थानीयबासीले दाउराको जोहो गर्दै आएका छन्। तस्बिरः झलनाथ खनाल/रासस
प्रतिक्रिया दिनुहोस्