माछा मार्दै महिला । स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
माघ स्नान । सोमबार बिहान साँखुको शालीनदी माघ स्नान गर्दै ब्रतालु। स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
बुस्टर डोज दिन सुरू । सोमबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोभिड-१९ विरूद्धको बुस्टर डोज खोप लगाउँदै एक युवती। आजदेखि फ्रन्टलाइनर्सहरूलाई काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड-१९ विरूद्धको बुस्टर खोप लगाउन सुरू गरिएको छ। तस्बिर: निशा भण्डारी
गिडीखोलाबासीको मार्सी धान उत्पादन हुने खेत । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोला गाउँका स्थानीयबासीको मार्सीधान उत्पादन हुने खेत। यहाँका किसान हिउँदे याममा खेतबारीमा जौ लगाउँछन्। यहाँ गत पुस १४ गते परेको हिउँ अझै राम्रोसँग पग्लिएको छैन। तस्बिरः विजय रावत/रासस
छानबिन समितिले बुझायो प्रतिवेदन । पशुपति धर्मशालाबारे प्रतिवेदन बुझाउँदै छानबिन समिति। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सो धर्मशाला बतास समूहलाई सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न सिफारिस गरिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी