कलात्मक निर्माण । भक्तपुरमा माटोको कलात्मक भाँडो निर्माण गर्दै कलाकार महेश्वर प्रजापती। प्लास्टिकको भाँडाले बजार ओगट्दै गर्दा परम्परागत माटोको सामाग्री लोप होला कि भन्ने चिन्ता रहेको उनले बताए। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
हिमशृंखला । सदरमुकाम समेत रहेको नारायण नगरपालिका दैलेखबाट देखिएका हिमशृंखला। दैलेख सदरमुकाम जाँदा सडकबाटै यी सुन्दर हिमालहरू देख्न सकिन्छ। तस्वीर: हेमन्त केसी/रासस
धार्मिक पर्यटकीय क्षेत्रमा रहेको बेदकोट ताल । चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र बेदकोटमा रहेको प्राकृतिक ताल। यस क्षेत्रको रमणीय दृश्य नियाल्नका लागि बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गर्दछन्। तस्वीर:राजेन्द्रप्रसाद पनेरु, रासस
साल्दाङ गाउँ हिउँले सेताम्य । फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्य। उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रूपमा रहेको छ। हिमपातसँगै नाका बन्दीमा परेको छ। तस्वीर: हेमन्त केसी, रासस