घाम ताप्दै गोही । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही। जाडो याममा घाम ताप्नका लागि गोही पानीबाट बाहिर निस्कने गर्दछन्। तस्वीर: टेकराज पोखरेल/ रासस
चट्टान आरोहण महोत्सवमा पहरा आरोहण गर्दै । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुन पहरामा चट्टान आरोहण गर्दै। चुन पहरा संरक्षणका लागि यस ठाउँमा शुक्रबारदेखि चट्टान आरोहण महोत्सव सुरू भएको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
धुम्बा तालमा पर्यटक । मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित धुम्बा ताल भ्रमणका लागि पुगेका आन्तरिक पर्यटक। जोमसोम पुग्ने हरेक पर्यटक सो ताल पुग्ने गरेका छन्। तस्वीर: कृष्ण न्यौपाने/रासस
रजवास गाउँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ९ मा रहेको रजवास गाउँ। मगर समुदायको बसोबास रहेको यहाँका किसानको जीविकोपार्जनको मुख्य स्रोत कृषि रहेको छ। तस्वीर: पेमा लामा, रासस