आजका तस्बिरहरू- पुस ८
आजका तस्बिरहरू- पुस ८
बालुवा उत्खनन् ।  दाङको तुलसीपुर ६ र १८ नम्बर वडाको बिचमा पर्ने ग्वारखोलामा बुधबार दिउँसो गिट्टी बालुवा ओसार्न भनेर लगिएका दर्जन बढी ट्याक्टरहरू। तस्बिरः नारायण खड्का/सेतोपाटी।
आजका तस्बिरहरू- पुस ८
रिग्मो गाउँ ।  शे- फोक्सुण्डो तालमा घुम्न आउने पर्यटक बस्ने डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकास्थित रिग्मो गाउँ। हिमपातका कारण अहिले गाउँ सेताम्य भएको छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिरहरू- पुस ८
पर्यटकको पर्खाइमा धुलिखेलका होटल ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ३ धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टबाट देखिएका हिमालका दृश्य। पर्यटकका लागि काठमाडौंदेखिको नजिक सुन्दर गन्तव्य बनेको धुलिखेलका होटलमा कोरोना संक्रमण दर कम भएसँगै विस्तारै पर्यटक आउन थालेका छन्। तस्वीर:पेमा लामा/रासस
आजका तस्बिरहरू- पुस ८
क्रिसमसको चहलपहल ।  राजधानीको कमलपोखरीको सिटी सेन्टरमा क्रिसमसका लागि सजाइएको झिलिमिलीमा रमाउँदै एक बालक। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्