नेपालकै गहिरो र रङ फेर्ने ताल: शे फोक्सुण्डो । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रूपमा परिचय बनाएको शे-फोक्सुण्डो ताल। वारिपारि हिमालको बीचमा यो ताल रहेको छ। तस्वीर: हेमन्त
दुधे बालकसहित र्यालीमा । आफूहरूको पहिचान सतार नभएर सन्थाल भएको दाबी गर्दै झापाको चन्द्रगढीमा सन्थाल समुदायले निकालेको शान्तिपूर्ण र्यालीमा सहभागी। राज्यका हरेक निकायमा आफूहरूको पहिचान सन्थाल लेख्न दवाव दिँदै बुधबार र्याली निकालिएको हो । तस्बिर : विनोद सापकोटा/ सेतोपाटी
खेलाडीमाथिको कारबाही फिर्ता होस् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का बोर्ड सदस्यले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलन। उनीहरूले राष्ट्रिय खेलाडीमाथि नियोजित ढंगले गरेको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी