आजका तस्बिरहरू- पुस ६
आजका तस्बिरहरू- पुस ६
बाँसको डस्विन ।  इलामको रोङ गाँउपालिकास्थित हाँसपोखरीबाट झण्डी डाँडासम्मको ९ किलोमिटर पदमार्गको फोहोर व्यवस्थापनका लागि स्थानीयले बनाएको बाँसको डस्विन। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
आजका तस्बिरहरू- पुस ६
भवनको अभावमा चौरमा परीक्षा ।  भेरी नगरपालिका –१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थी भवनको अभावमा चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिरहरू- पुस ६
विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा ।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—४, खानी गाउँबाट देखिएको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा। तस्बिर:दिलकुमार लिम्बू/रासस
आजका तस्बिरहरू- पुस ६
हिमश्रृंखला ।  पोखरा-२४ कास्कीकोटको गजल थुम्की डाँडाबाट देखिएको हिमश्रृंखलाको मनमोहक दृष्य। तस्वीर: जमुना वर्षा शर्मा, रासस
आजका तस्बिरहरू- पुस ६
घाम ताप्दै पढ्दै गरेका विद्यार्थी ।  म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी आधारभूत विद्यालयमा चिसो बढेपछि घाम ताप्दै पढ्दै गरेका विद्यार्थी। तस्वीर:कमल खत्री, रासस
प्रतिक्रिया दिनुहोस्