धवलागिरि हिमाल । बागलुङको जैमिनी नगरपालिकास्थित हाँडीकोटको टापुबाट देखिएको धवलागिरि हिमाल। दुई हजार १९५ मिटर अग्लो हाँडीकोट सूर्योदयसँगै हिमशृंखला अवलोकनका लागि उपयुक्त गन्तव्य हो। तस्वीर: रामबहादुर थापा/रासस
केवै गाउँ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा रहेको रमणीय 'केवै'गाउँ। तस्वीर: रामबहादुर थापा/रासस
डोल्पामा हिउँ परेपछि कोभिड खोप ५ महिनाका लागि बन्द । डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ उपल्लो डोल्पामा हिउँ परेपछि कोभिडविरूद्ध लगाउने खोप ५ महिनाका लागि बन्द गरिएको छ। तस्वीर: हेमन्त केसी/ रासस
आइसफल क्षेत्रको दृष्य । मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खलाको आइसफल क्षेत्रको रमणीय दृष्य। तस्वीर:कमल खत्री , रासस
मैयुङ डाँडाबाट देखिएको हिमालको दृश्य । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटकीय स्थल मैयुङ डाँडा र त्यहाँबाट देखिएको हिमालको दृश्य। तीन हजार ३३३ मिटर उचाइमा रहेको यो स्थानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ। तस्वीर: युवराज विष्ट, रासस