गाजा दह: । पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह। उक्त दह गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ। दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमी यात्रा पार गर्नुपर्छ। तस्बिर:रामबहादुर थापा/रासस
दूधकुण्डली ताल । तीर्थस्थलका रूपमा परिचय बनाएको जाजरकोटको जगदुल्ला गाउँपालिका-५ मा रहेको दूधकुण्डली ताल। आमा नहुनेहरूले आमाको सम्झनामा यहाँ आएर व्रत बस्ने गर्दछन्। तस्वीर:हेमन्त केसी/रासस
तरकारीको जोहो । कीर्तिपुरमा तोरीबारी भित्रको साग टिप्दै एक जना महिला। तोरीबारी भित्र रायो, मुला जस्ता मौसमी तरकारी पनि लगाउने गरिन्छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी