घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सीमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो। समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
तीन दशकदेखि बन्द विमानस्थल पुनर्निर्माण सुरू । करिब तीन दशकदेखि बन्द अवस्थामा रहेको बैतडी-दार्चुलाको सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माण सुरू। तस्बिरः विनोद सिंह विष्ट/रासस
चरनमा घोडा । ढोरपाटन शिकार आरक्षको खर्कमा चर्दै गरेका घोडा। यहाँ पुग्ने पर्यटक घोडा चढेर ढोर क्षेत्रको अवलोकन गर्ने गर्छन्। तस्वीर: ध्रुवसागर शर्मा/रासस