पुरैना तालमा ठूलो जलेवा चरा । बेलौरी नगरपालिका–६ स्थित पुरैना तालको डिलमा बसेका ठूलो जलेवा चरा। यी चरा यस तालको रैथाने प्रजातिका रूपमा रहेका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
भोट मलाई! । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन भृकुटीमण्डपमा जारी छ। आज नयाँ नेतृत्वको लागि मतदान हुँदैछ। यसैक्रममा मतदान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देन। तस्बिर: निशा भण्डारी
वि फी! । जारी राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष उम्मेदवार कमल थापासँग फोटो खिचाउँदै सहभागीहरू। तस्बिर : निशा भण्डारी
म पनि उम्मेदवार! । नयाँ नेतृत्वको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतदान प्रक्रिया जारी छ। मतदानमा भाग लिन महामन्त्रीमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा महाधिवेशन स्थल आइपुगेकी छन्। तस्बिर: निशा भण्डारी
एउटै लहरमा साइवेरियन हाँस । बेलौरी नगरपालिका ६ स्थित पुरैना तालमा एउटै लहरमा क्रिडा गर्दै साइवेरियन हाँस। चिसो बढ्न थालेपछि चिसो छल्नका लागि अन्य देशबाट जलपन्छीहरू यहाँ आइपुग्ने गरेका छन्। तस्वीर:राजेन्द्रप्रसाद पनेरु, रासस