आजका तस्बिरहरू- मंसिर ८
आजका तस्बिरहरू- मंसिर ८
भेडी खर्क ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४, हिलेभित्ताको चरनखर्कमा एक बथान भेडा। यस क्षेत्रमा व्यावसायिक भेडापालन हुँदैआएको छ। तस्वीर: कमल खत्री/रासस
आजका तस्बिरहरू- मंसिर ८
माछापुच्छ्रे ।  पोखराबाट ९ किलोमिटर उत्तरपूर्वमा अवस्थित थाम–ल्हाम्जा गाउँबाट देखिएको माछापुछ्रे हिमाल। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- मंसिर ८
कराँते सिक्दै बालबालिका ।  कैलालीको टीकापुरमा कराँते सिक्दै बालबालिका। पछिल्लो समयमा आत्मरक्षाका लागि पनि अभिभावकले बालबालिकलाई कराँते सिकाउन थालेका हुन्। तस्बिरः झलनाथ खनाल/रासस
आजका तस्बिरहरू- मंसिर ८
नौतले दरबार पुनर्निर्माण ।  वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनर्निर्माणकै चरणमा कोरोनाका कारण चिनियाँ प्राविधिक चीनमै रोकिएपछि अहिले निर्माण काम रोकिएको छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
आजका तस्बिरहरू- मंसिर ८
धान भित्र्याउनेको चटारो ।  गुल्मीको इस्मा गाउँपालिकामा धान झाट्दै किसान। मंसिर सुरू भएसँगै किसानलाई धान भित्र्याउनेको चटारो छ। तस्वीर: हुमाकान्त पोखरेल, रासस
प्रतिक्रिया दिनुहोस्