चोया काढ्दै । धादिङमा चोया काढ्दै एक स्थानीय। चोयाबाट डोको, थुन्सेलगायत सामाग्री बनाउने गरिन्छ। तस्विर: नबिन बाबु गुरूङ/सेतोपाटी
खोप लगाउन लाइन । कोभिडविरूद्धको फाइजर खोप लगाउन लाइन बस्दै विद्यार्थी। सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहकालाई खोप दिन सुरू गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
स्नो पोल गाडिँदै । ताप्लेजुङको कञ्चनजंघा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाडिएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
तोरी फुल्यो । कैलालीको जानकी गाउँपालिका वडा नं. ४ मा किसानको खेतमा फुलेको तोरी। असोजमा लगाएको तोरी अहिले किसानको खेतमा फुल्न थालेको छ। तस्बिर: झलनाथ खनाल/ रासस
कांग्रेस महाधिवेशन आम निर्वाचनको झल्को! । दाङमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार भएको संघीय प्रतिनिधि चुन्न भएको मतदान उल्लासपूर्ण देखिएको छ। कांग्रेसको आन्तरिक महाधिवेशन आम निर्वाचनको झझल्को दिने खालको देखिन्थ्यो। तस्बिर: नारायण खड्का