आजका तस्बिरहरू- कात्तिक २८
आजका तस्बिरहरू- कात्तिक २८
खेतिकिसानी ।  काठमाडौँको फर्पिङमा लसुन रोप्दै गरेका एक किसान दम्पती। धान काटेर यतिबेला लसुन प्याज आदि तरकारीबाली लगाउने बेला भएको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- कात्तिक २८
भैरव नाच ।  मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्मित शंखधर पार्कको उद्घाटन कार्यक्रमा भैरव नाच देखाउँदै कलाकारहरू। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- कात्तिक २८
विरोध ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न दलनिकट विद्यार्थी संगठनले आइतबार राजधानीमा निकालेको सिलिन्डर जुलुस। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- कात्तिक २८
आन्दोलन ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै धर्ना दिएपछि सुरक्षाका लागि खटिएका प्रहरीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- कात्तिक २८
धौलागिरि हिमाल ।  धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ मा अवस्थित पर्यटकीय गाउँ झिँ र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । तस्बिरःकमल खत्री
आजका तस्बिरहरू- कात्तिक २८
चक्का फुत्कियो ।  ललितपुरको एकान्तकुनामा आइतबार ग्यास बोकेर गुडिरहेको गाडीको चक्का फुत्कियो। चालक सकुशल छन्। तस्बिर: प्रकाश ढुंगाना/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्