भुईफसी (कुभिण्डो) काटमार हान्ने जात्रा । हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा गर्दै गुठीयार। मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ध गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी (कुभिण्डो) काटमार गर्ने गरिन्छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
तालबाराही सन्ध्याकालीन आरती । फेवाताल किनारा बाराहीघाटमा बिहीबार साँझ आयोजित आरतीमा रमाउँदै भक्तजन। तालबाराही आरती व्यवस्थापन समितिले विगत तीन वर्षदेखि निरन्तर आरतीको व्यवस्था गर्दै आएको छ। तस्बिरः हरि बाँस्तोला/रासस
याकलाई नुन खुवाउँदै । समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ मौवटारस्थित गोठमा याकलाई नुन खुवाउँदै एक किसान। तस्बिरः दिलकुमार लिम्बु/रासस