ड्रागन खेती । चितवनको दिव्यनगरस्थित गंगाश्री बहुउद्देश्यीय कृषि फार्ममा गरिएको ड्रागन खेती। प्रदेश सरकारको ५० प्रतिशत अनुदान सहयोगमा करिब दुई वर्ष अघिबाट सुरु गरिएको ड्रागन खेतीले अहिले उत्पादन दिन थालेको छ। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
रासायनिक मल छर्दै । दाङ तुलसीपुर १० पढ्ढा गाउँमा आफ्नो धान खेतिमा रासायनिक मल छर्दै गरेका एक किसान। तस्बिर–नारायण खड्का/ सेतोपाटी ।
बन्जी पुलबाट स्विङ । पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट स्विङ गर्दै युवा । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा पर्यटक बढेका छन् । तस्बिरः खेमराज गौतम/रासस