बजारको फोहर कुलोमा । तुलसीपुर बजारबाट पूर्वको वडा नं. ६ र पश्चिमको वडा नं. १० को सिमाना छुट्याउने गौलौरी कुलोले गाउँ घरका किसानको खेतसम्म बगाएर लगेका प्लाष्टिकका बोतल। उपमहानगरपालिकाले बजार क्षेत्रमा मनपरी फाल्ने फोहर व्यवस्थापन गर्न ध्यान नदिँदा किसान आजिद छन्। तस्बिर – नारायण खड्का/सेतोपाटी
ललितपुरमा एक्सन टिम । ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र नगर प्रहरीको कार्यमा तीव्रता र सेवामा प्रभावकारिता ल्याउन परिचालन गरेको एक्सन टिम । तस्बिर:सेतोपाटी
बतासे झरनामा आन्तरिक पर्यटक । शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको बतासे झरनाको सौन्दर्यता नियाल्दै आन्तरिक पर्यटक। बतासे झरना आन्तरिक पर्यटकको गन्तव्यका रूपमा रहेको छ। तस्वीर:रासस
खोप लगाउने भिड । पोखरा नदीपुर-३ मा सोमबार कोरोनाविरूद्धको खोप लगाउने मानिसहरूको भिड। तस्बिर: ईश्वर पहारी