तिम्बुङ पोखरी । ४४८० मिटरको उचाईमा ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा अवस्थित प्राकृतिक, धार्मिक तथा पर्यटकीय रूपले अत्यन्तै महत्त्वपूर्ण तिम्बुङ पोखरी। तस्बिरः सुजन गर्तौला/फोटोनेपाल
आरूको फूलमा रस चुस्दै । काठमाडौंको भृकुटीमण्डपस्थित पार्कमा फूलेको आरूको फूलमा रस चुस्दै माहुरी। तस्बिरः नारायण महर्जन
पिङ खेल्दै । रूखमा डोरी बाँधेर काभ्रेको दाप्चामा पिङ खेल्दै एक स्थानीय बालक। तस्बिरः नारायण महर्जन
नेपाल–खनाल समूहको भेला । ललितपुरको सानेपामा भएको नेपाल–खनाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी कार्यकर्ताहरु। तस्बिर: नारायण महर्जन/सेतोपाटी