फूलको माला । काठमाडौंको असनमा सयपत्री फूलको माला उन्दै ५५ वर्षीय राजकुमार पता मगर। माला बेचेर उनी दैनिक एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म कमाउँछन्। तस्बिरः नारायण महर्जन
लुलाङ गाउँ । पहिरोले लघुजलविद्युत बगाएपछि चारबर्षदेखि अन्धकार बनेको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ गाउँ । लघुजलविद्युत परियोजना पुनःनिर्माण शुरु भएपनि पूर्णता पाउन सकेको छैन्। तस्वीर: कमल खत्री
पुनर्निर्माण । काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा मन्दिर पुनर्निर्माण गर्दै कामदार। तस्बिर: नारायण महर्जन
छाँगावरोहण (क्यानोनिङ) । गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारामा आयोजित साहसिक छाँगावरोहण (क्यानोनिङ) खेलमा युवती। तस्वीर: रामबहादुर थापा