आराम गर्दै । भक्तपुरको न्यातपोल मन्दिरमा रहेको मूर्तिको छेवैमा बसेर आराम गर्दै एक पर्यटक। तस्बिरः नारायण महर्जन
केसरको रङ । काठमाडौंमा रहेको बौद्धनाथ चैत्यलाई आकर्षक बनाउनको लागि पानीमा केसर राखेर बनाएको रङ चैत्यमाथि छ्याप्दै बौद्ध धर्मावलम्बीहरू। तस्बिरः नारायण महर्जन
सगरमाथा सफाई अभियान २०७६ । सगरमाथा सफाई अभियान २०७६ अन्तर्गत लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाँउपालिकाको नेतृत्वमा सरसफाई टिमले वेश क्याम्पबाट नेपाली सेनाको एम आई १७ हेलिकोप्टरबाट करिब ३००० केजी फोहोर ल्याएको जानकारी दि
परालको मूढा । ललितपुरको सानो गाउँमा परालको मूढा बुन्दै ५६ वर्षीया चिरीमै महर्जन। उनले मूढा ३५० देखि ५०० सम्म विक्री गर्दै आएको बताउँछिन्।तस्बिर : निशा भण्डारी/सेतोपाटी
ट्याटु देखाउँदै । ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आयोजित नवौं इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन २०१९’ मा ट्याटु देखाउँदै एक कलाकार। तस्बिरः नारायण महर्जन