प्रदेश नं. ३ को पर्यटन ब्राण्ड । मंगलबार काठमाडौंको पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश नं. ३ को पर्यटन ब्राण्ड सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेल। तस्बिरः नारायण महर्जन
फूलको रस । बालाजु परिसरमा रहेको पार्कमा फूलको रस खान आउँदै एक माउरी । तस्बिरः नारायण महर्जन
पुनर्निर्माण प्राधिकरणको पत्रकार सम्मेलन । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पुनर्निर्माण कार्य प्रगतिबारे जानकारी दिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली। तस्बिरः नारायण महर्जन
गोरु गाडा । कञ्चनपुर देखतभूलीका किसान गोरु गाडामा गहुँ राखेर वनहरा नदी पार गर्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस