ऐतिहासिक जिब्रो छेड्ने जात्रा । ३५० वर्ष पुरानो ऐतिहासिक जिब्रो छेड्ने जात्रामा मध्यपुर थिमी–५, चोडेका ४० वर्षीय बालक राम श्रेष्ठ भाद्र शुक्लपक्ष पूर्णिमाको दिन थिमिको दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेर टोल टोल घुम्दै।
। निलुवा उपत्यकाः बागलुङ जिल्लाको गलकोट नगरपालिका–४ मा अवस्थीत निलुवा उपत्यका, अहिले निलुवा उपत्यकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास थालिएको छ । तस्बिर : सुवास गौतम, बागलुङ, रासस
कोकाकोलाको नयाँ योजना । ‘सयौँ सम्बन्ध कयौँ भावना’ भन्ने बिषयबस्तुका साथ बुधबार काठमाडौँमा कोकाकोलाको नयाँ योजनाको कार्यक्रममा कुटुम्ब ब्याण्डले सङ्गीत प्रस्तुत गर्दै। तस्बिरः नारायण महर्जन
नेपाल सरकारलाई अनुदान । अर्थसचिव राजन खनाल र नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक अर्थ मन्त्रालयमा बुधबार कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५