नेपालमा स्वागत छ । बिमस्टेकमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको स्वागत द्वार। तस्बिरः निशा भण्डारी
आज बिदा । बिमस्टेकको चौथो बैठकको अवसरमा काठमाडौं आउन लागेका पाहुनाको स्वागतका लागि सडक बन्द गरेपछि हिड्दै गन्तब्यतिर जाँदै विद्यार्थीहरू। तस्बिरः निशा भण्डारी
सम्मान । बिमस्टेकमा सहभागी हुन आएका श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई बुधबार दिउँसो स्वागत गर्दै नेपाली सेनाको एउटा टुकडी। तस्बिरः नारायण महर्जन
तयारी पुरा । भोलिदेखि सुरू हुने बिमेस्टेक बैठकका बारेमा अन्तिम जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल। तस्बिरः नारायण महर्जन/सेतोपाटी