आगामी अगष्टमा हुन गैरहेको एनआरएन अमेरिकाको निर्वाचनमा आवेदन दिएका अध्यक्ष पदका एक जना प्रत्याशी गौरी जोशीको विषयले एनआरएन अमेरिका चर्को विवादमा फसेको छ । निर्वाचन कमिटीले प्रकाशित गरेको पहिलो सूचीमा जोशीको नाम छुटेपछि संस्था विवादमा फसेको हो । निर्वाचन कमिटीले अध्यक्षको उमेदवारको लागी एक कार्यकाल पुरा गरेको प्रावधान रहेको र प्रमाणको अभावमा जोशीको नाम सूचीमा नपरेको वताएको छ । साथै कमिटीले आवश्यक प्रमाण पेश गर्न जोशीलाई पत्राचार गरेको वताएको छ ।
यता जोशी आफु एनआरएनएमा २००७ देखी २००९ को कार्यकालमा बसेर काम गरिसकेको र आवश्यक प्रमाणहरू पेश गरिसकेको वताएका छन । निर्वाचन कमिटीले नै आफुप्रति पूर्वाग्रही वनेर आफ्नो नाम उमेदवारको लिष्टमा नराखेको उनले आरोप लगाए । आफुमाथी अन्याय भएको भनेर न्यायिक कमिटी र आईसिसीमा निवेदन हालेको जोशीले सेतोपाटीलाई जानकारी दिएका छन ।
आईसिसी विधानले एनआरएन अमेरिका जस्तै विभिन्न देशमा दर्ता भएको समन्वय परिषदको नेतृत्वमा आउने उमेदवारको हकमा एक कार्यकाल कार्यसमितिमा वसेर काम गरेको हुनुपर्ने स्पष्ट प्रावधान छ । तर यो प्रावधान तीन कार्यकाल पुरा नगरेका समन्वय परिषदको हकमा लागुहुनेछैन भनेको छ । पछिल्लो पटक पास गरेको एनआरएन अमेरिकाको विधानले अध्यक्ष पदको उमेदवारको लागी एक कार्यकाल पुरा गर्नुपर्ने आईसिसीको विधानको प्रावधान नराखेर साधारण सदस्य बनेको कुनैपनि व्यक्तिले आफ्नो उमेदवारी दर्ता गर्न सक्ने व्यवस्था उल्लेख गरेको छ ।
तर विवाद निष्केको हकमा आईसिसी विधान प्रयोगमा आउने व्यवस्था रहेको छ । एनआरएन अमेरिकाको पछिल्लो पटक वनेको विधानका संयोजक खगेन्द्र जिसीले अध्यक्षको उमेदवारको हकमा एक कार्यकाल पुरा गरेको हुनुपर्ने प्रावधान एनआरएन अमेरिकाको विद्यमान विधानमा नरहेको वताउछन् ।
यसबाट एउटा कुरा के प्रष्ट हुन्छ भने निर्वाचन कमिटीले आईसिसीको विधान प्रयोगमा ल्याएको वुझिन्छ । कमिटीले किन यसोगर्योहोला भन्ने तर्कतिर जाउ । जोशी यसअघिनै एक तहको चर्चामा आईसकेका थिए । उत्तर अमेरिका संयोजक सोनाम लामाले टेक्सासको भेटमा र विज्ञप्ति नै प्रकाशित गरेर जोशीलाई अध्यक्ष पदमा उठ्न नमिल्ने वखेडा शुरू गरिसकेका थिए । आसन्न आईसिसीमा चुनाव लडने योजनामा रहेका लामाको योजनामा वर्तमान एनआरएन नेतृत्व अनुकुल देखेर संयोजक लामाले जोशीको हकमा यसो वोलेका थिए । जसलाई लिएर यो पंतीकारले समाचार संप्रेषण गरेको थियो । उनको आईसिसीमा जाने आकॉक्षासँगै उनका सम्भावित प्रतिशपर्धीको रूपमा रहेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र क्षेत्रीलाई गौरी जोशीको विषय "के खोज्छस कॉना ऑखा" जस्तै वन्यो ।
शुरूमा स्वतन्त्र देखिएका उमेद्वार उनै जोशी खगेन्द्र क्षेत्रीको वलियो योजना वन्न सक्ने देखिए । वर्तमान अध्यक्ष डा केशव पौडेल पुन अध्यक्षमा खुलिसकेका थिएनन । लामा र जोशीको प्रतिश्पर्धी वातावरणलाई यहॉको जनसम्पर्क समितिले विवादको रूप दियो । जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदिले आफ्नो शक्ति जोगाई राख्न अर्को पक्ष अर्थात जनसम्पर्क समितिका वर्तमान अध्यक्ष आनन्द विष्टको नजिक
रहेका खगेन्द्र जिशीको हकमा अनुदार देखिए । अध्यक्षमा उठ्ने प्रचारमा लागेका जोशीलाई सुवेदिले शुरूमा आफ्नै पक्षमा ल्याउने कोशिश गरे तर अर्को पक्षका अनुकुल पात्र देखिने जोशीलाई आफ्नो पक्षमा ल्याउन असफल भएपछि सुवेदी वर्तमान अध्यक्ष पौडेललाईनै पुन अध्यक्षमा उठ्नेतिर लागे । जनसम्पर्क समितिभित्रको विवाद नै एनआरएन अमेरिकाको अहिलेको विवादको शुरूवात हो भन्न सकिन्छ । यता डा केशव पुन अध्यक्ष पदमा उठने निश्चित भएपछि र जिशीको आईसिसीको सहभागितालाई सुनिश्चित गर्न जनसम्पर्क समितिका अध्यक्ष विष्टको पक्ष अगाडी सर्यो । अध्यक्ष विष्ट वाहिर नदेखिएपनि उनका निकटवर्ति वेद खरेल लगायतका व्यक्तिहरूले जोशीको पक्षमा लवि शुरू गरे । गैर राजनितीक छविका जोशीलाई सुवेदिले पौडेलको नेतृत्वमा बरिष्ट उपाध्यक्षको वार्गेनिड असफल भएपछि विष्ट पक्षका खरेलले जोशीलाई आफ्मो पक्षमा पारेर छोडे । जोशीले पनि पौडेललाई आईसिसीतिर सहयोग गर्ने र आफुलाई अध्यक्षमा सहसोग गर्न सुवेदी पक्षलाई गरिएको वार्गेनिड असफल भएपछि विष्ट पक्ष विकल्प वन्यो ।
विष्ट पक्षको निकटमा रहेको एमाले पार्टीसँग नजिक प्रवासी नेपाली मन्च र नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाको नेतृत्वको सहयोग अनुकुल देखिएपछि जोशी त्यतैतिर तानिए । यसअघिनै सुवेदिको राजनितीक प्रभाव देखाउदै एनआरएनको डेलिगेट्समा छुटिसकेका समिति, मम्च र महॉसंघ नेतृत्व डा पौडेलको पुनरागमनको विपक्षमा एलाईन्स गरेको सजिलै बुझ्न सकिन्छ । यसले जिशीलाई वलियो वनाउनेदेखेपछि आईसिसीमा जाने तयारीमा रहेका लामा जोशीको उमेद्वारीको विषमा प्रहार दोहोर्याए । अध्यक्ष पदका प्रतिश्पर्धि उमेद्वार देखेपछि लामा र वर्तमान कार्यसमितिको प्रभावमा निर्नाचन समिति प्रभावित भएको छ भलै उस्ले भन्न सकेको छैन र आफु स्वतन्त्र भएको दावी गरिरहेको छ ।
एउटा उमेद्वारको उमेद्वारीका कारणले सृर्जित विवाद आईसिसीमा पुगिसकेको छ । यसअघिनै आईसिसी महासचिव वद्री केसीद्वारा जारी विज्ञप्तिमा यसवारे प्रष्ट भैसकेकोमा पछिल्लो पटक दोहोरिएको यसै विषयमा आईसिसीले आफ्नो विधानमा टेकेर अर्को जवाफ त देला तर अमेरिकी एनआरएनहरूको भविश्यमा यसले एउटा अक्षम प्रश्न खडा गरिदिएको छ । एनआरएनका एक अभियन्ता डा निरौलाका शव्दमा दशकअघिनै आईसिसीमा सहभागी भैसकेको एनआरएन र स्वयं चर्चामा रहेका उमेद्वार जोशीको बारेमा गरिने अवको निर्णयले एनआरएन अमेरिकाको भविश्यको तस्विर सार्वजानिक हुनेछ ।
सँगसँगै यसअघिनै कार्यकारी अधिकारको दुरुपयोग गरिसकेका लामाले जिशीसँग र डा पौडेलले जोशीसँग पर्तिश्पर्धा गर्नको लागी संस्थालाई विवादमा तान्नु हुदैन । र जनसम्पर्क समिति अमेरिका र त्यसभित्रको विवाद , प्रवासी मन्च लगायत इतर "ईन्टरेष्ट ग्रुपहरू" आआफ्नो स्वार्थमा नउत्रे एनआरएन अमेरिकाको भविष्य अगाडी वढ्नेछ । यसरी विवाद भईरहे सवैभन्दा वढि सदस्य संख्या भएको एनआरएन अमेरिका सवैभन्दा कमजोर एनसीसी वन्ने छ ।