मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पछिल्लो १८ घन्टायता लगातार जलेको जल्यै छ।
नेपाली सेनाका फायर ब्रिगेडको दमकलले सिंहदरबारको आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। यद्यपि सर्वत्र फैलिएकाले आगो नियन्त्रण प्रयास सफल हुन सकेको छैन।
‘दमकल बेलुकैदेखि खटिएको छ,’ सिंहदरबारका खटिएको नेपाली सेनाको फायर ब्रिगेडका एक जनाले भने ‘४० पटक पानी भरेर ल्याएर हालिसकेका छौं।
मंगलबार दिउँसोदेखि सुरु भएको आगजनीपछि खण्डहर बनिसकेको सिंहदरबारमा अहिले पनि धुँवाको मुस्लो छुटिरहेको छ।
अहिले सिंहदरबारको पश्चिमी मोहडाबाट धुँवाको मुस्लो छुटिरहेको छ। सिंह दरबारको मूल भवनको पश्चिमतर्फ अहिले धुँवाको मुस्लो देख्न सकिन्छ।
सिंह दरबारभित्रका अधिकांश मन्त्रालय तोडफोड भएका छन् भने गृह मन्त्रालय र उर्जा मन्त्रालय जलेर पूर्ण रुपमा नष्ट भएका छन्।
यसैगरी अनि अर्थ मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालयमा पनि आगजनी भएको छ।
सिंहदरबार भित्र मात्रै २० वटा मन्त्रालय छन्। सिंहदरबारभित्रका केही थोरै भवन मात्रै प्रयोगमा ल्याउन सकिने स्थिसत देखिएको छ।
यसैगरी रामशाह पथमा रहेको सर्वोच्च अदालत पनि अहिलेसम्म जलेको जल्यै छ। सर्वोच्च परिसरबाट पनि धुँवाको मुस्लो छु्ट्ने क्रम जारी छ।