गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको सातौं राष्ट्रिय अधिवेशन ब्रिसबेनमा प्रारम्भ भएको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएनका अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्टले सामूहिक रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरे।
एनआरएन अष्ट्रेलियाको नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दे राजदूत शेर्पाले यँहाको नलेज ट्रान्सफरनै अहिलेको महत्वको विषय भएको बताईन्। मुलुक समृद्ध बनाउन देशका दक्ष जनशक्ति नेपाल फर्काउनुपर्ने वा यहाँका सीप र ज्ञानलाई देश विकासमा लगाउनसके सबैभन्दा महत्वपूर्ण माध्यम बन्ने सेर्पाले बताईन्।
राजदूत सेर्पाले भवन भट्टको विमानस्थल सरसफाई अभियानले निकै वाहवाही कमाएको बताउँदै यस्तै अन्य कार्य गर्न आग्रह गरिन्। एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेले एनआरएनलाई युएन जस्तो बनाउने लक्ष्य बोकेको बताए। विवयुद्वपछि संयुक्त रास्ट्र संघको आवश्यकता भएझै नेपाली समाजको यो फैलिदाँ रूपले एकदिन यो संस्थाले विसाल रूप ग्रहण गर्ने बताए।
मुलुकको सहयोगी संस्थाको रूपमा यसले नाम कमाएको र अब यसले प्रवासीको हितमा पनि काम गर्नुपर्ने बेला आएको बताए। एनआरएनका उपाध्यक्ष भवन भट्टले मुलुकका लागि गर्ने सानो प्रयासले पनि मुहार फेरिनसक्ने बताए।
एनआरएनको सहयोगमा र आफ्नो प्रयासमा थालनी गरेको अन्तर्राष्ट्रिय विमानस्थल सरसफाईले देशभर प्रशंसा पाएको उदाहरण दिए। अतिथिदेवो भबः नारा बोकेर पर्यटन प्रर्वधन अभियान थालेका भवन भट्टले विदेसीले देख्ने पहिलो नेपाल विमानस्थल भएकोले त्यसको मुहार फेर्नसके त्यसबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि हुने बताए।
अहिले स्किल ट्रान्सफर अन्तर्गत साना साना कामबाट मुलुक लाभान्वित भएको बताउँदै भवनले भने, ‘अन्य थुप्रै प्रविधि भीत्र्याउने सोचमा हामी लागेका छौं।’
कार्यक्रममा अतिथि माहावीर पुनले नेपाल सांस्कृतिक र प्राकृतिक रूपमा धनी भए पनि आर्थिक रूपमा कमजोर भएकोले हामीले अब देश बनाउने र आर्थिक उन्नती गर्न अगाडि बढनुपर्ने बताए।
उनले राष्ट्रिय आविष्कार केन्द्रलाई, बुद्धिदान, अर्थदान र श्रमदान गर्न आग्रहसमेत गरे।
अध्यक्ष सुरेन्द्र सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा नव निर्वाचीत अध्यक्ष टोनु घोताने र माहासचिव नारायण कोईरालालगायत सबै पदाधीकारीहरुले पद बहाली गरेका थिए।