हामी प्रवासमा नेपालीको स्तरका बारेमा सधै कमजोर ठान्छौ तर कयैन यस्ता बिधा छन् जहाँ नेपालीले राज गरेका छन्। ब्यवसायदेखि बहादुरीसम्म मात्र होइन कला कौशलदेखि अध्ययन र अध्यापनसम्म पनि नेपालीले आफ्नो शान र मान राखेकै छन्।
करिब दुई सय भन्दा बढी राष्ट्रका विद्यार्थी अध्ययन गर्ने अस्ट्रेलियामामा १ लाखभन्दा बढी विद्यार्थी छन्।
यी सबै विलार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलिया (सीसा) को हालै सम्पन्न भेलाले नेपाली विलार्थी विजय सापकोटालाई अध्यक्षमा चयन गरेको छ।
अस्ट्रेलिया सरकारसम्म पहुँंच हुने यो संगठनमा अझसम्म कुनै नेपाली विद्यार्थी पदाधिकारीका रूपमासम्म पुग्न सकेको थिएन। चितवनका युवा विजय सापकोटाले राष्ट्रिय अध्यक्षमा छलाङ मारेपछि अब धेरै खाले सम्भावनाका ढोकाहरु नेपाली विद्यार्थीका लागि खुलेका छन्। युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका यी होनहार प्रतिभा यसअघि पनि आफ्नै विश्वविद्यायलयका विद्यार्थी काउन्सिलमा चुनिएका थिए।
‘यो नेपाल र नेपालीको लागि गौरवको विषय हो’, राष्ट्रिय अध्यक्षमा चुनिएपछि सापकोटाले सेतोपाटीसँंग भने, ‘यो अट्रेलियाको सबैखाले सरकारी संयन्त्रसँंग जोडिएको संस्था भएकोले यहाँ निकै महत्वका साथ हेरिने गर्छ यसको नेतृत्व गर्न पाउनु आफ्नु लागि गौरवको कुरा हो।’
अस्ट्रेलियामा उच्च अध्यनमा आउने दुई सय भन्दा बढी राष्ट्रका सवैं विद्यार्थीको प्रतिनिधित्व गर्न पाउनु आफैंमा महत्वपूर्ण भएको उनले बताए। ‘अझ त्यसमाथि मेरो यहाँका उच्च तहका पदाधिकारीहरुसँंग भेटघाट भइरहने हुँंदा त्यसको फाइदा देशलाई पनि पुगोस भन्ने मेरो चाहना हो,’ सापकोटाले भने।